घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मार्फा , टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । २०७४ को डाटा तथ्याङ्क अनुसार गाउँपालिकको कूल जनसङ्ख्या ३,१८४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी जिल्लासम्म छ । यस गाउँपालिकामा ५ वटा वडाहरुमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेद) अनलाइन प्रणाली (VERSP MIS) बाट दर्ता गरिन्छ भने बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
घरपझोङ गाउँपालिकाको २०७५ सालको वडा सर्भेक्षणका आधारमा कुल जनसंख्या ३,१८४ रहेको देखिन्छ । जसमध्ये पुरुष जनसंख्या १६१६ र महिला जनसंख्या १५६८ रहेको छ ।
जनसंख्या तथा क्षेत्रफल
क्र.सं. |
नयाँ वडा |
समावेश गाविस |
जनसंख्या |
क्षेत्रफल(वर्ग कि.मी.) |
बस्तिहरु |
१ |
१ |
मार्फा-९ र टुकुचे-८,९ |
४२० |
४९.४ |
चिमाङ, छैंरो |
२ |
२ |
मार्फा(१-४) |
६२४ |
१९.६२ |
मार्फा |
३ |
३ |
मार्फा(५-८) |
८०१ |
७२.०४ |
स्याङ, पुलचोक, एयरपोर्ट |
४ |
४ |
जोमसोम(५-८) |
६३६ |
६४.४१ |
जोमसोम |
५ |
५ |
जोमसोम(१-४,९) |
७०३ |
११४.३ |
ठिनी, ढुम्बा,सम्ले |
|
जम्मा |
|
३१८४ |
३१९.७७ |