१०९ औ अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा सदरमुकाम जोमसोममा घरपझोङ गा.पा. र अन्नपूर्ण संरक्षण आयोजककासाथमा यो वर्ष मिति २०७५/११/२४ मा वक्तृत्व कला प्रतियोगिता र लोक गीतमा महिला समानता र समृद्विको कुरालाई लिएर आफ्ना भावनाहरु पोखेर हर्ष उल्लासको साथ मनाईयो । ती तमाम महिला दिदी बहिनीहरु तथा अग्रजहरु साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस कार्यक्रमको लागि सहयोग गर्नु हुने जि.स.स, जि. प्रशासन, सुरक्षाकर्मीहरु, स्कुलका विधार्थी भाई बहिनीहरु, आमा समूहरु, पत्रकार मित्रहरुमा धेरै धेरैधन्यवाद साथै सादर नमन छ । यस अवसरमा महिला उध्यमी मोर्डन बेकरी जोमसोमका संचालक ज्यूलाई समान पत्र दिईयो भने छात्राहरुको लागि सानिटरी प्याद स्कूलहरुलाई वितरण गरिएको थियो । यो वर्षको नारा 'Think equal, build smart and innovate for change' आप्नै घरमा हुने असमानताको व्यवहार हटाउनु पर्छ र छोराछोरी एकै हो र कसैलाई पाखा र कसैलाई काख नगर्नु हुन भनी सबै अभिभावकहरुमा चेतनाको दियो बाली यस कार्यक्रममा प्रमुख अतिथी जि.स.सका प्रमुख श्री छिरिङ ल्हामो र घरपझोङ गा.पा.का अध्यक्ष श्री आस बहादुर थकाली ज्युले उद्घाटन गर्नु भयो भने , कार्यक्रममा स्वागत मन्तव्यमा घरपझोङ गा.पा.का प्रमुख प्रशासकीय अधिकृत श्री मैयां कडेल ज्यु , उद्घोषणमा श्री सरिता थकाली ज्यु, मन्तव्यमा महिला उद्यमी तथा समाजसेवी श्री सगुन रसाइली, गा.पा. उपाध्यक्ष श्री सर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी श्री गंगा बहादुर क्षेत्री हुनुहुन्थ्यो भने कार्यक्रमको समापन कार्यक्रमको सभापति, गा.पा. अध्यक्ष श्री आस बहादुर थकाली ज्युले गर्नु भएको थियो ।