FAQs Complain Problems

२ दिने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ।

USAID/BHA को सहयोग, International organization of Migration (UN-Migration) को प्राविधिक समन्वयमा, NSET/PAC/LWF सहजीकरणमा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा २ दिने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ। गा.पा.का अध्यक्ष श्री मोहनसिंह लालचन ज्यूको अध्यक्षता कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो। उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथीमा जिल्ला प्रशासन कार्यालय, मुस्ताङका प्रमुख जिल्ला अधिकारी, नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्यूको उपस्थिति रहेको थियो। यस तालिममा ८ जना कर्मचारीको उपस्थिति रहेको थियो भने ५ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो। २ दिने तालिममा स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् व्यवस्थापन कोष स्थापना, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्माण,  विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, स्फेयर निर्देशिका, खुल्ला क्षेत्रहरुको पहिचान आदि विषयमा सिकाई, अनुभव आदानप्रदान, वृत्तचित्र प्रदर्शनी भएको थियो। उक्त तालिमबाट यस कार्यालयले स्थानीय विपद् व्यवस्थापब कोष सञ्चालन कार्यविधिमा केही संशोधन गर्नु पर्ने बोढ भएको छ।

आर्थिक वर्ष:

वडा पदाधिकारी