FAQs Complain Problems

११४ औ नारी दिवस

आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर मनाइएको छ । महिला दिवसको अवसरमा विभिन्न संघ संस्था, निकायले महिलाका हकहित, सचेतनामुुलक लगायत विविध कार्यक्रम आयोजना गरेका छन् ।

मुस्ताङको घरपझोङ गांउपालिकाले महिलाहरुको हौसला बढाउँदै बातावरण संरक्षणमा महिलाको भुमिका शिर्षकमा वक्तृत्वकला र महिला जागरण सम्बन्धी लोक गीत तथा कुर्सी दौड कार्यक्रम गरि मनाएको छ ।

पुथाङ आमा बहुमुखी सहकारी संस्थाको आयोजना तथा घरपझोङ गांउपालिकामुस्ताङ,जिल्ला प्रहरी कार्यालय,सामाजिक विकास कार्यालय,अन्नपृर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोमको आर्थिक सहयोगमा कार्यक्रम गरेको छ । पुथाङ आमा बहुमुखी सहकारी संस्थाकी अध्यक्ष छेतेन थकालीको अध्यक्षतामा संस्थाको सभाहलमा कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समिती मुस्ताङकी प्रमुख माया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख आइतेलाल थकाली, घरपझोङ गांउपालिकाका अध्यक्ष मोहन सिंह लालचन, गांउपालिकाकी उपाध्यक्ष जमुना थापा मगर घरपझोङ गांउपालिकाका प्रशासकिय अधिकृत बेदहरि अधिकारी सुरक्षा निकायका प्रमुखहरु सहभागि कार्यक्रममा बाैल्दै पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको हुदा महिलाहरुको हरेक कृयाकलापलाई प्रोत्साहन गर्दै यसवर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिबिध कार्यक्रमहरु गरिएको र आगामी दिनमा पनि आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे

कार्यक्रममा घरपझोङ गांउपालिकामा रहेका आमा समुहहरुले चेतना मुलक गीतहरु प्रस्तुत गर्नुका साथै गांउपालिकाका महिला कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय मुस्ताङले आकर्षण नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रममा गांउपालिकाको तर्फबाट ज्येष्ठ महिला ७८ बर्षिय सिस्ने थकाली र पाईला नेपालको तर्फबाट गांउपालिकाकै ज्येष्ठ महिला ९० बर्षिय पेमा याङजिनलाई सम्मान गरेको छ यस्तै कार्यक्रममा गीत, वक्तृत्वकला प्रतियोगितामा सहभागी समृह र कुर्सी दौडमा प्रथम भएकी अर्पणा राउत लाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
पुथाङ आमा बहुमुखी सहकारी संस्थाकी सचिव बिना गुरुङकोे स्वागतबाट सुरु भएको कार्यक्रम संस्थाकी उपाध्यक्ष माया गुरुङको सञ्चालनमा चलेको थियो ।

आर्थिक वर्ष:

वडा पदाधिकारी