FAQs Complain Problems

स्याऊ कार्टुन ५ के.जी. ७५% अनुदान कार्यक्रम

आ.व. २०७९/८० को बजेट तथा कार्यक्रम अनुसार स्याऊ कार्टुन ५ के.जी. ७५% अनुदान कार्यक्रम अन्तर्गत रु.२,५०,०००।– विनियोजन भएको थियो । उक्त कार्यक्रमबाट पालिकाले ६३५० वटा कार्टुन ल्याएको छ। यी कार्टुनहरु माग बमोजिमको अनुपातमा वडामा वितरण गरिनेछन्। ५ के.जी. कार्टुन नै किन? यस पालिकाका अध्यक्षको भनाई अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मुस्ताङले २० के.जी.को कार्टुन वितरण गर्दै आएको छ र सो कार्यक्रमको दोहोरोपन हुन नदिन यो कार्यक्रम ल्याइएको भनी बताउनु भएको छ। दशैमा आफ्न्त,साथीभाईहरुलाई स्याउ कोसेलीको रुपमा दिन तथा प्लाष्टिकको विकल्पको रुपमा हुने भनी यस पालिकाका उपाध्यक्ष श्री जमुना थकाली ज्यूले बताउनु भएको छ। यी कार्टुनहरु वडाबाट कृषकहरुले पाउनु हुनेछ। ७५% अनुदान रहेको यस कार्यक्रममा कृषकहरुले मात्र रु १३ प्रति कार्टुन तिर्नु पर्ने भनी कृषि अधिकृत श्री रोशन थकाली ज्यूले बताउनु भएको छ।

आर्थिक वर्ष:

वडा पदाधिकारी