मार्फामा जापानी राजदुताबास ( G.G.P. PROJECT JAPAN ) बाट आर्थिक सहयोग प्राप्त भई निर्माण कार्य सम्पन्न भएको कालीगण्डकी तटबन्ध ( RIVER EMBANKMENT PROJECT ) योजनाको समुदघाटन समारोह आज मिती २०७५/११/२९ गते सम्पन्न भयो । सो तटबन्ध ४२० मि.रहेको छ। यस प्रोजेटका अध्यक्ष साथै घरपझोङ गा.पा २ नं. वडाका अध्यक्ष श्री मान बहादुर विश्वकर्मा ज्यूले स्वागत मन्तव्य तथा यस तटबन्धले यस वर्षको कालि गण्डकीमा आएको वाढिवाट सो क्षेत्रको जमिन बचाउन सफल भएको मा स-धन्यवाद व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा जि.स.सका पदाधिकारीहरु, सुरक्षाकर्मीहरु तथा विभिन्न वडाका व्यक्तित्वहरु पाल्नु भएका थिए । यस कार्यक्रमको सभा अध्यक्ष घरपझोङ गाउँपालिकाका उपाध्यक्ष श्री सर्मिला गुरुङले यस तटबन्धले यहाँको बस्ती तथा कृषि योग्य जमिन बचाउमा टेवा पुर्याएको र आगामी बर्षहरुमा पनि जापानी सरकारबाट सहयोग हुने अपेक्षा राख्नुभएको थियो । सो सभामा माननिय सभासद श्री प्रेम प्रसाद तुलाचन, श्री विजय हिराचन, सुरक्षाकर्मी ज्यूले मन्त्वय तथा प्रोजेटको जानकारी दिनु भयो भने यस कार्याक्रमको उद्घोषण श्री दिपक लालचनले गर्नु भएको थियो ।