आज मिति २०७५ साल चैत्र १ गते तद् अनुसार १५ मार्च विश्व उपभोक्ता दिवस “गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकारः हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ घरपझोङ गाउँपालिका जोमसोमको आयोजनामा घरपझोङ गाउँपालिका जोमसोमको उपाध्यक्ष श्री सर्मिला गुरुङज्यूको अध्यक्षतामा र जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख श्री छिरिङ ल्हामो गुरुङज्यूको प्रमुख आथिथ्यतामा कार्यक्रम सन्चालन गरियो । सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी श्री पुष्पराज कट्वालज्यूले उपभोक्ताको अधिकार एंव नेपालमा उपभोक्ता अधिकार सम्बन्धी व्यवस्था बारेमा कार्यपत्र प्रस्तुतीकरण गर्नु भएको थियो । सो कार्यक्रममा अन्तरक्रिया कार्यक्रम पनि सन्चालन गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा उपभोक्ता संरक्षण मञ्च मुस्ताङका अध्यक्ष श्री रमेश भट्टचन, डि.वन अधिकृत श्री यमनाथ पोखरेल, एकयाप प्रमुख श्री तुलसी प्रसाद दाहाल, जि. स्वा.का. प्रमुख दुर्गादास उलक, स.प्र.अ. श्री माधवजी भण्डारी, वडा सदस्य श्री गणेश शेरचन, स्वास्थ्यकर्र्मी श्री कर्ण ब.थकाली, वारागुङ आई.टि.अफिसर श्री सुरेश तिमिल्सेना, पत्रकार महासंघ जि.शा. अध्यक्ष श्री सुन्दर कुमार थकाली, ओभरसियर श्री रमेश सुवेदीले हाल उपभोक्ताले भोगेका समस्याहरु जस्तै : बजारमा मूल्य सूचीको व्यवस्था नभएको, सामानहरुको म्याद ना३ेको सामानहरुको विक्री वितरण भैरहेको, पर्यटन व्यवसायीहरुले क्षमता भन्दा बाहिर सेवाग्राही राख्नु, सरसफाईमा ध्यान दिनु पर्ने, व्यवसायीहरुलाई आधारभूत तालिम दिनुपर्ने, स्वास्थ्य सेवा सर्व सुलभ नहुनु , विद्युतीय सेवा प्रवाह राम्रो नहुनु, निर्माण कार्यमा उपभोक्ताहरुलाई प्राविधिक ज्ञान नदिनु, उपभोक्ताहरु पनि आफै सचेत हुनु पर्ने आदि विषयमा कार्यक्रमा वृहत छलफल गरियो । सो कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष श्री रमेश भट्टचन, नि. प्रमुख जिल्ला अधिकारी श्री विशेश्वर रेग्मी, प्रमुख अतिथि जि.स.स.मुस्ताङका प्रमुख श्री छिरिङल्हामो गुरुङज्यूले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य नि.प्रमुख प्रशासकिय अधिकृत श्री सकलदेव शर्माले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महिला विकास निरिक्षक श्री सरिता थकालीले गर्नु भएको थियो । अन्तमा अन्तरक्रियामा उठेका विषयहरुमा संक्षिप्त संयोजन सहित गाउपालिका उपाध्यक्ष श्री सर्मिला गुरुङज्यूले आगामी आ.व.हरुमा उपभोक्ताको अधिकार सम्बन्धी जनचेतना जगाउने खालको कार्यक्रमहरु सन्चालन गर्ने र सरोकारवाला निकायहरुसंगको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने भनाई सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।