FAQs Complain Problems

वडा नं. ३ स्याङमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नव निर्मित भवन गापा अध्यक्ष श्री आस बहादुर थकालीज्यूबाट समुउद्‍घाटन कार्य तथा अन्य नियमति कार्यक्रम

आज मिति २०७८ साल मंसीर १९ गतेका दिन घरपझोङ गाउँपालिका वडा नं. ३ स्याङमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नव निर्मित भवन गापा अध्यक्ष श्री आस बहादुर थकालीज्यूबाट समुउद्‍घाटन कार्य सम्पन्न भयो । १८ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्‌सेविका दिवस, ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस र लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान कार्यक्रम पनि वडा नं. ३ स्याङमा सन्चालन गरियो। सोही अवसरमा लैङ्गिक हिंसा बिरुद्द प्रतिबद्धता हस्ताक्षार अभियान, सेतो रिवन अभियान, अभिमूखिकरण कार्यक्रम सन्चालन गरिएको थियो । ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा घरपझोङ वडा नं. ३ का १५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ब्लाङ्केट वितरण, पूर्ण अशक्त अपाङ्गता १ जना र अति अशक्त अपाङ्गता २ जनालाई गापाको सामाजिक सुरक्षा कोषबाट रु एक हजारका दरले उपचार खर्च र ४ जना अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । साथै पाईला नेपाल, मुस्ताङले ४ जना बिद्यार्थीहरुलाई स्कूल ब्याग, सरसफाईका सामानहरु पनि वितरण गरिएको थियो । सो कार्यक्रममा गापा भित्रका २० जना म.स्वा.सेविकाहरुलाई उहाँहरुले समुदायमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै खाता लगाई दिनु भएको थियो भने , जोमसोम हे.पो. अन्तर्गत म.स्वा.सेवीका श्रीमती सितादेवी गुरुङ र मार्फा हे.पो. अन्तर्गत म.स्वा.सेविका श्रीमती माया नेपालीलाई आ.व.०७७।०७८ को उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम्‌सेविकाहरुलाई नगद पुरस्कार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । मार्फा स्वास्थ्य चौंकीबाट ६० बर्ष उमेर पुरा गरी सेवा निवृत हुनु भएका घरपझोङ वडा नं. ३ स्याङका श्री चन्द्रलाल थकालीलाई घरपझोङ गापाबाट दोसल्ला ओढ्याई, सम्मान पत्र र उपहार दिई सम्मान गरिएको थियो भने गापा अन्तर्गत स्वास्थ्यकर्मीहरुबाट फेटा लगाई सम्मान गरिएको थियो । यस कार्यक्रम घरपझोङ गापा वडा नं. ३ का का.बा. अध्यक्ष श्री शान्ता थकालीको अध्यक्षतामा र गापा अध्यक्ष श्री आस बहादुर थकालीज्यूको प्रमुख आथिथ्यतामा र अपाङ्गता हकहित संरक्षण स्थानीय समन्वय समितिका संयोजक एंव गापा उपाध्यक्ष श्री सर्मिला गुरुङज्यूको बिशेष आथिथ्यतामा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा स्वास्थ्य संयोजक श्री कर्ण बहादुर थकालीले महिला सामुदायिक स्वास्थ्य सवयम्‌ सेविकाहरुको पृष्ठभुमी र आधारभूत स्वास्थ्य सेवा केन्दको भवन निर्माणको लागत खर्च बारे बताउनु भएको थियो भने महिला स्वास्थ्य स्वयम्‌ सेविकाको तर्फबाट माया नेपाली, मुस्ताङ अपाङ्ग समाजका अध्यक्ष श्री आईतलाल थकाली, गापा उपाध्यक्ष, गापा अध्यक्षज्यूबाट मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नि.प्र.प्र.अधिकृत श्री आइत बहादुर थकालीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सन्चालन महिला तथा बालबालिका शाखा प्रमुख श्री सरिता थकालीले गर्नु भएको थियो ।

आर्थिक वर्ष:

वडा पदाधिकारी