“समानताको पुस्ता : बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखी १० डिसेम्बर सम्म विविध कार्यक्रम सहित मनाउने सन्दर्भमा आज घरपझोङ गाउँपालिका जोमसोमले पहिलो दिन वडा नं. ३,४ र ५ का महिला तथा आमा समूह, महिला सहकारी संस्था, महिला विकास समिति, विभिन्न संघ संस्थाका प्रतिनिधी, जिल्ला स्थित कार्यालयका प्रमुखहरू, गाउँ मुखियाहरु, बाल सन्जालको पदाधिकारीहरु, नागरिक समाजको उपस्थितिमा गाउँपालिकाको उपाध्यक्ष श्री सर्मिला गुरुङज्को अध्यक्षता, संविधान सभाका सदस्य माननीय श्रीमाया थकालीज्यूको प्रमुख आतिथ्यता र श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद अर्यालज्यूको बिशेष आतिथ्यतामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रमको शुभारम्भ कार्यक्रम सम्पन्न गरियो । साथै सोही अवसरमा लैङ्गिक हिंसा निवारणमा सरोकारवालाहरुको भूमिका बिषयमा पनि बृहत अन्तरक्रिया कार्यक्रम गरियो । उक्त कार्यक्रममा श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद अर्यालज्यूले लैङ्गिक हिंसा निवारण सम्बन्धी नेपालमा बनेका विधमान कानूनहरुको बारेमा सहजीकरण गर्नु भएको थियो । अभियानको क्रममा सेतो रिबन लगाई सबै जनाले महिला र बालिका माथि हुने हिंसा विरुद्धमा व्यक्तिगत रुपमा र संस्थागत रुपमा प्रतिबद्धता जनाएका थिए ।