FAQs Complain Problems

बाल सञ्जाल पुनर गठन तथा अभिमुखीकरण कार्यक्रम

घरपझोङ गाउँपालिकाको आ.व. ०८०।०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मिति २०८१ साल जेष्ठ २९ गतेका दिन गाउँपालिका स्तरीय बाल सञ्जाल पुनर गठन तथा अभिमुखीकरण कार्यक्रम गापास्तरीय बाल सञ्जालका अध्यक्ष श्री मिलन बिश्वकर्माज्यूको अध्यक्षतामा र घरपझोङ गाउँपालिकाको अध्यक्ष श्री मोहनसिंह लालचनज्यूको प्रमुख आथिथ्यतामा दिप प्रजवल गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।कार्यक्रमको शुरुवातमा राष्ट्रिय गान र कार्यक्रममा उपस्थित सहभागीहरुलाई कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य प्र.प्र.अ. श्री वेदहरि अधिकारीज्यूले गर्नु भएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य समाजिक विकास समितिका संयोजक एंव २ नं. वडाका वडा अध्यक्ष श्री मन बहादुर हिराचनज्यू, घरपझोङ गाउँ बाल अधिकार समितिको अध्यक्ष एंव गाउँपालिकाका उपाध्यक्ष श्री जमुना थापा मगरज्यू र प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री मोहनसिंह लालचनज्यूबाट शुभकामना मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री वेदहरि अधिकारीज्यूबाट बाल अधिकार, बालबालिका सम्बन्धी ऐन, २०७५, बाल मैत्री स्थानीय शासनका सूचकहरु र घरपझोङ गाउँपालिकाले २०८३ असार मसान्तसम्म गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता सहित सो कार्यक्रमको लागि विभिन्न कार्यक्रमहरु सन्चालनमा भै रहेको बारे जानकारी गराउनु भएको थियो । अधिकृत श्री सरिता थकालीबाट बाल क्लब तथा बाल सञ्जाल गठन प्रक्रिया, यसका काम कर्तव्य र अधीकार, बाल भेला सम्बन्धी सहजीकरण गरिएको थियो । गत आ.व. ०७९।०८० मा जनहित बालक्लबका श्री मिलन बिश्वकर्माको अध्यक्षतामा गठित ९ सदस्यीय गाउँपालिका स्तरिय बाल सञ्जाललाई बिघटन गरी पुनः जनहित बालक्लबका श्री खेमराज रसाइलीको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरिय बाल सञ्जाल पुनर गठन गर्ने काम सम्पन्न भयो ।

समापन कार्यक्रममा घरपझोङ गाउँ बाल अधिकार समितिका अध्यक्ष एंव गाउँपालिकाक उपाध्यक्ष श्री जमुना थकालीज्यूबाट बाल अधिकार संरक्षण तथा सम्बर्द्धन सम्बन्धी कार्यविधि, २०८० बमोजिम सबै बालक्लबलाई सूचीकृत गरी प्रमान पत्र वितरण र नयाँ तथा पुरानो गापास्तरीय बालक्लबका सदस्यहरुलाई धन्यबाद र बधाई सहित खाता लगाई कार्यक्रमको समापन गर्नु भएको थियो ।कार्यक्रममा गाउँपालिका भित्रका ९ वटै बिद्यालयबाट बाल क्लबका सदस्य सहित बाल क्लब संरक्षक शिक्षक सहित ५१ जना उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष:

वडा पदाधिकारी