FAQs Complain Problems

घरपझोङ गाउँपालिका -१ मा स्वास्थ्य शिविर सञ्चालन तथा परिचय-पत्र वितरण

घरपझोङ गाउँपालिका जोमसोम, मुस्ताङको आ. व. २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिला पाठेघर प्रि क्यान्सर स्क्रीनिङ, क्षयरोग सम्बन्धी माइक्रोस्क्रोपिक क्याम, जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा आँखा जाँच र नि:शुल्क चस्मा वितरण, अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय-पत्र तथा सामाजिक सुरक्षा परिचय-पत्र वितरण घुम्ती सिविर कार्यक्रम  मिति २०७६/०२/१४ गतेका दिन घरपझोङ गाउँपालिकाको १ नं. वडाको चिमाङ तथा छैरो गाउँमा सम्पन्न गरियो । सो कार्यक्रम १ नं. वडाका वडा अध्यक्ष श्री आइत प्रसाद थकालीको अध्यक्षतामा गाउँपालिकाको उपाध्यक्ष श्री सर्मिला गुरुङको प्रमुख आथिथ्यतामा जेष्ठ नागरिकलाई चस्मा लगाई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।स्वास्थ्य सेवा तथा सडकको पहुचको दृष्टिकोणले अपायक पर्ने हुदा वडा नं. १ मा यी कार्यक्रमहरु राख्नुको मुख्य उद्देश्य रहेको छ ।

सो कार्यक्रममा जिल्ला मुस्ताङ अस्पतालका प्राविधिक टोली चिकित्सक श्री प्रकास नेपाली, श्री कविन पौडेल, घरपझोङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्री कर्ण बहादुर थकाली गरी १० जनाको टोलीद्वारा स्वास्थ्य परिक्षण, महिला पाठेघर प्रि क्यान्सर स्क्रीनिङ, क्षयरोग सम्बन्धी माइक्रोस्क्रोपिक ल्याव टेस्ट गरिएको थियो । सो सेवाबाट जेष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्ता भएका व्यक्ति गरि जम्मा ४३ जना लाभग्राहीले सेवा लिएका थिए । मुस्ताङ सामुदायिक आँखा केन्द्रवाट अप्टिसाईन श्री रविन पाइजावाट जेष्ठ नागरिक सहित ४३ जनाले आँखा जाँचको सेवा लिएका थिए भने ९ जना जेष्ठ नागरिकहरुलाई नि: शुल्क चस्मा वितरण गरिएको थियो । घरपझोङ गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय-पत्र वितरण कार्यविधि २०७५ अनुसार नयाँ ढाँचामा २ जनालाई पूर्ण अशक्त अपाङ्गता परिचय-पत्र, ४ जनालाई अति अशक्त अपाङ्गता परिचय-पत्र, १ जनालाई मध्यम र २ जनालाई सामान्य अपाङ्गता परिचय-पत्र  अपाङ्गता भएका व्यक्तिको हकहित संरक्षण सम्बन्धी स्थानीय समन्वय समितिको संयोजक तथा गा.पा. का उपाध्यक्ष श्री सर्मिला गुरुङज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रप्रसाद पौडेलज्यूबाट वितरण गर्नु भएको थियो ।सामाजिक सुरक्षा तर्फमा जेष्ठ नागरिक अन्य १९ जना, जेष्ठ नागरिक दलित ७ जना, पूर्ण अपाङ्गता १ जना, अति अशक्त अपाङ्गता ५ जना, एकल महिला १ जना, विधवा महिला ६ जना र ५ वर्ष मुनिका दलित बालबालिका ४ जना गरि जम्मा ४२ जनालाई सूचना प्राविधि अधिकृत सुजिता थकालीको संयोजकत्वमा उपाध्यक्ष श्री सर्मिला गुरुङज्यूबाट सामाजिक सुरक्षा तर्फको परिचय पत्र वितरण गरिएको थियो । यी कार्यक्रमहरुको आयोजना घरपझोङ गाउँपालिकाबाट गरिएको थियो भने जिल्ला अस्पताल मुस्ताङ र मुस्ताङ सामुदायिक आँखा केन्द्रबाट गरिएको थियो ।

आर्थिक वर्ष:

वडा पदाधिकारी