आज मिती २०८०/०९/१७ गतेका दिन वि.स. २०८० श्रावण २८ गते कागबेनी खोलामा आएको बाढिले क्षतिग्रस्त बनाएको कागबेनीका बाढि पिडितका लागि घरपझोङ गाउँपालिकाद्वारा रु. ५००,०००।- (अक्षरुपी पाँच लाख ) रकम वारागुङ मुक्तिक्षेत्र गाउँपालिका को विपद कोषका लागि हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण कार्यक्रममा घरपझोङ गापाका अध्यक्ष मोहन सिंह लालचन ज्यू र प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी ज्यूद्वारा वारागुङ गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, उपाध्यक्ष ढिकी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र विपद फोकल पर्सन एवम् सूचना प्रविधि अधिकृतको उपस्थितिमा हस्तान्तरण गरिएको हो। विपदका लागि सहयोग गर्नु भएकोमा दस औला जोडि वारागुङका उपाध्यक्ष ढिकी गुरुङले धन्यवाद व्यक्त गर्नु भएको थियो। प्रमुख प्रशासकीय अधिकृत वेदहरि सरले पनि उक्त विपदले धेरै क्षति पुर्याएको र धेरै रकम उपलब्ध गराउन नसके पनि सानो रकम उपलब्ध गराएको भनी मनतव्य दिनु भएको थियो। यस्तै गरी विपद बाजा गाजा बजाएर नआउने हुदा आपत विपदमा सहयोग गर्नु पर्छ भन्ने कुरा गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन ज्यूले राख्नु भयो भने वारागुङका अध्यक्षले सर्वप्रथम मार्फा गाउँबाट मानवीय र आर्थिक सहयोग आएको र पछि धेरै गाउँबाट आर्थिक र श्रमको सहयोग प्राप्त भएको र यो एउटा उदाहरण बनेको कुरा राख्दै नेपालका अन्य स्थानीय तहले पनि यो कार्यबाट सिक्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने कुरा राख्दै धन्यवाद व्यक्त गर्नु भएको थियो। यो एउटा पालिका-पालिका वीच हुने समन्वय र सहकार्यको काम हुन पुगेको छ।