FAQs Complain Problems

घरपझोङ गाउँपालिकाको शिक्षा सुधारमा नयाँ अभियान

घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को शिक्षा  तर्फको नियमित स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका पूर्ब वालविकासमा अध्यापनरत शिक्षकहरुका लागि ३ कार्यदिने मन्टेस्वरी शिक्षण विधि सम्वन्धी तालिम सम्पन्न भएको छ । मिति २०७६।०२।१२ देखि १४ सम्म जनहिहत मावि अन्तर्गतको  बालमन्दिरमा सञ्चालन गरिएको तालिमामा ८ वटा विद्यालयका ११ जान शिक्षकरुको सहभागिता रहेको थियो । गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा ओमविकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठान सौरु, मुस्ताङले तालीम अबधिभरको सामाग्री व्यवस्थापन तथा प्रतिष्ठानको अध्यक्ष सबी शेरचनवाट समन्यकारी भुमिका निर्बाह गर्नु भएको थियो  भने मोडल मन्टेस्वरी इन्स्टिच्युट नदीपुर पोखराको प्रमुख  अरुना शेरचन तथा सोही इन्स्टिच्युटका प्रशिक्षक महिमा प्रिती शेरचनले तालिममा नि: शुल्करुपमा सहजीकरण गर्नु भएको थियो । झण्डै ३ दिन सम्म सञ्चालन गरिएको उक्त तालिमको समापन गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङ अध्यक्षतामा भएको र समापन सत्रमा वोल्दै उपाध्यक्ष गुरुङले ECD कक्षालाई सुधारर्गन आफुले बिगतमा शिक्षण पेशामा रहदा गरेको प्रयास र अभ्यासको अनुभव सुनाउदै अब परम्परागत  बिचार र सोचमा परिबर्तन गरि सबैले पूर्ब वालविकास कक्षाप्रतिको दृष्टिकोणमा   परिबर्तन गर्नुपर्ने र यसलाई विद्यालयहरुले मुख्य प्राथमिकतामा राखि आगाडि बढ्न सम्पुर्ण प्रधानाध्यापकहरुलाई आग्रह गर्नु हुदै सोही अनुसार  गाउँपालिकाले शिक्षा तर्फ विद्यालयहरुमा दिवा खाजा र ECD शिक्षहरुका लागि मासिक २०००।- का दरले १३ महिनाको २६०००।- थप प्रोत्साहन भत्ताको व्यवस्थाको गर्नुका साथै तालीम कार्यक्रमको लागि समेत बजेट बिनियोजन गरिएको  कुरा व्यक्त गर्नु भएको थियो । झण्डै ५ बजेवाट शुरु भएको समापन सत्रमा घरपझोङ गाउपालिका भित्रका ८ वटै विद्यालयका प्र.अ हरुको उपस्थिती रहेको र सबै प्र.अ.हरुवाट तालीमको निरीक्षण गर्नेुका साथै जनहित मा.विका साहायक प्र.अ. माधवजी भण्डारीले पूर्ब वालकिकासको सुधारमा अव हामी सबै प्र.अ.हरु तत्परताका साथ खटिएर लाग्नुपर्ने  कुरा व्यक्त गर्नु भएको थियो ।

    यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले आफुले तालीमका हरेक क्रियाकलापहरुको समय समयमा अवलेकन गरेको र शैक्षिक सामाग्री निर्माण लायतका कार्यहरु अत्यान्त उपयोगी साथै प्रभावकारी रहेको कुरा व्यक्त गर्दे अव आगामी दिनको वजेटमा यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिनेगरी गाउँपालिकाले बजेट बिनियोजन गर्न कुरा समेत औल्याउनु भएको थियो । शिक्षा विकाश तथा समन्य इकाई मुस्ताङका प्रमुख टंकराज बरालको अध्यक्षतामा उद्घाटन भएको  तालीम कार्यक्रमको सञ्चालन, व्यवस्थापन र समन्यको काम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत हिमलाल शर्माले गर्नु भएको थियो ।

आर्थिक वर्ष:

वडा पदाधिकारी