FAQs Complain Problems

गाउँपालिका स्तरीय बाल सन्जाल गठन तथा अभिमुखिकरण

घरपझोङ गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय बाल सन्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम २ दिनेको उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्री आस बहादुर थकालीज्यूको अध्यक्षतामा र गण्डकी प्रदेश सभाका सदस्य माननीय महेन्द्र बहादुर थकालीज्यूको प्रमुख आतिथ्यतामा मिति २०७६।०१ ।१८ गते सम्पन्न गरियो । सो कार्यक्रम मिति २०७६।१।१८ र १९ गते बाल अधिकार, बाल सहभागिता, बाल क्लब, बाल सन्जालको काम कर्तव्य, स्थानीय बाल मैत्री शासन, बालबालिकाको सवाल तथा योजना तर्जुमा सम्बन्धि बिषयवस्तुहरुमा उपाध्यक्ष श्री सर्मिला गुरुङ, प्रमुख प्रशासकिय अधिकृत श्री नेत्रप्रसाद पौडेल र अधिवक्ता श्री कुन्जनी परियार प्यासीले सहजिकरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा ९ वटा बिद्यालयबाट प्रतिनिधित्व हुने गरी जनहित मा.वि. जोमसोमका छात्र श्री अभिषेक खड्काथोकीको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।सो बाल सञ्जालले घरपझोङ गाउँपालिकाको परिकल्पना सहित आगामी बर्षमा सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना समेत बनाएको छ ।

आर्थिक वर्ष:

वडा पदाधिकारी